कोरोना भाइरस संक्रमित एक लाख २५ हजार पुग्यो

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको संक्रमित संख्या एक लाख २५ हजार पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एक लाख २५ हजार संक्रमित भइसकेका छन् । त्यसमध्ये ६२ हजार उपचारपछि संक्रमणमुक्त भएका छन् । सँसारभर संक्रमितमध्ये ८२ प्रतिशत चीनमा छन् ।

संक्रमितमध्ये २० प्रतिशतलाई विशेष उपचारको आवश्यकता परेको छ । संक्रमितमध्ये दुई प्रतिशतको निधन भएको छ । चीनमा संक्रमितबाट मर्नेहरु दुई प्रतिशत छन् ।

कोरोना भाइरसबाट युरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित छन् । जर्मनीमा पनि खतरा बढेको छ । एशियामा चीनपछि इरान र दक्षिण कोरियामा बढी संक्रमित छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech