‘कठै मेरो देश’ बोलको म्युजिक भिडियो सार्वजनिक

  |   प्रकाशित :

काठमाडौं । र्‍यापर राजन केसी र र्‍यापर सरकारको नयाँ र्‍याप गीत ‘कठै मेरो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

र्‍यापमा नेताको अनेक रूप हुन्छ भनी व्यङ्ग्य गरिएको छ । र्‍याप मार्फत वर्तमान समयको राजनीतिक बेथिति र सामाजिक संरचनाबारे रचनात्मक व्यङ्ग्य गरिएको छ । 

पोखरा सेरोफेरोमा खिचिएको यस गीतको भिडियोको यापर राजन र सुरज श्रेष्ठ, निकिता खड्की फिचर्ड छन् । सौरव लामिछानेले सम्पादन गरेको भिडियो रैला प्रोडक्सनले छायाङ्कन गरेको हो । भिडियो सौरब लामिछानेले निर्देशन गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech