एकै दिन चीनमा भेटिए १०८ जना नयाँ कोरोना संक्रमित 

  |   प्रकाशित :

काठमाडौं । चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार १ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

एकै दिन चीनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ । यो भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।

तीमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु हुन् । चीनले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, भाइरसका संक्रमितको संख्या भने पूर्ण रूपमा सकिएको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech