भोजपुरी फिल्ममा अभिनेत्री शिल्पा, टिजर सार्वजनिक

  |   प्रकाशित :

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा देखिएकी छन् । 

सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्मको हालै टिजर सार्वजनिक गरिएको छ । जसमा उनी भोजपुरी अभिनेता प्रदीप पाण्डेसँगको रोमान्समा देखिएकी छन् । थुप्रै नेपाली फिल्म अभिनय गरेकी शिल्पा म्युजिक भिडियोमा पनि धेरै देखिने अभिनेत्री हुन् । 

भोजपुरी फिल्म भने ‘जय शम्भु’ डेब्यु हो । फिल्मको छायाँकन समेत नेपालमै भएको बताइएको छ । काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्धा चलिरहेको समयमा शिल्पा हराएकी थिइन् । सोही समय उनले यो फिल्मको छायाँंकन सकाएकी हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech