चीनको अर्थव्यवस्था डग्मगायो, जीडीपीमा ४४ बर्षयताकै सबैभन्दा बढी गिरावट !

  |   प्रकाशित :

काठमाडौं । कोरोनाभाइरसको प्रभावका कारण चिनियाँ अर्थव्यवस्थामा ठूलो गिरावट देखिएको छ। चीनको जीडीपीमा ४४ बर्षयता सबैभन्दा बढी गिरावट आएको हो । 

यो वर्षको पहिलो त्रैमासमै चीनको जीडीपीमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावट सन् १९९२ पछिकै सबैभन्दा धेरै हो। तर पछिल्लो त्रैमासको तुलनामा यो गिरावट अझै बढी ९.८ प्रतिशत रहेको छ। 

चीनको वुहान शहरबाट ‘विश्व्यापी महामारीको’ रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व अक्रान्त बनेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ९२ हजार ५ सय ९७ पुगेको छ । 

पछिल्लो तथ्यांक अनुसार, २१ लाख ९२ हजार ५ सय ९७ संक्रमितमध्ये १ लाख ४७ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ भने, ५ लाख ५४ हजार ५ सय २५ जना निको भएर घर फर्किएका छन् । 

चीनको वुहान शहरबाट फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले ‘विश्व्यापी महामारीको’ संज्ञा दिएसँगै विश्वका सबै देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech