कोरोनाः आरडिटी रद्ध, पिसिआरबाट मात्र परीक्षण

  |   प्रकाशित :

उदयपुर । सरकारले शनिबार मात्र दु्रत लक्षण परीक्षण (आरडिटी) विधिको परीक्षण भरपर्दो नभएको भन्दै थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) विधिबाट मात्र कोरोना स्वास्थ्य परीक्षण गर्न निर्देशन दिदै गर्दा उदयपुरमा भने सातादिनअघि नै आरडिटी विधि ‘क्यान्सिल’ भईसकेको थियो ।

भुल्के मस्जिदमा रहेका १२ भारतीयसहित १६ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि संक्रमण हुनसक्ने अनुमानसहित पिसिआर परीक्षण गर्दा पोजेटिभ आएपछि आरडिटीप्रति अविश्वास गर्दै त्यो विधि त्यहीँबेला खारेज गरिएको हो ।

त्यसभन्दा अघिसम्म आरडिटी विधिबाटै परीक्षण गरिदै आएकोमा मस्जिदमा बस्नेको स्वाब रिपोर्टसँग उल्टो परिणाम देखिएपछि त्यो विधि त्यसैबेलादेखि बन्द गरेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताएको नागरिक दैनिकमा खवर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech