सत्तारुढ पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ वर्ष जेल

  |   प्रकाशित :

बेइजिङ । चीनमा एक पत्रकारलाई १५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।

यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको हो ।चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो ।

जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपति सि जिनफिङको कार्यकालकै कठोर निर्णयको रुपमा व्याख्या गरिएको छ । जब कि, राष्ट्रपति सि ले सरकार र कम्युनिस्ट पार्टीलाई सहयोग गर्न भन्दै मिडियालाई आग्रह गर्दैआएका थिए । पत्रकार चेनले विगतमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’का लागि पनि काम गरिसकेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech