चीनको ल्याबबाटै कोरोनाको उत्पत्ति, ‘पर्याप्त प्रमाण’ रहेको अमेरिकी विदेशमन्त्री पोम्पियोको दावी 

  |   प्रकाशित :

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरस चीनको ल्याबमै उत्पत्ति भएको दाबी गरेका छन् ।

विदेशमन्त्री पोम्पियोले कोरोना चीनको ल्याबमा उत्पत्ति भएको ‘पर्याप्त प्रमाण’ रहेको बताएका हुन् । तर, उनले कुनै प्रमाण पेश गरेका छैनन् ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६६ हजार ४ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार, ३५ लाख ६६ हजार ४ जना संक्रमितमध्ये २ लाख ४८ हजार २ सय ८२ जनाको मृत्यु भएको छ भने, ११ लाख ५४ हजार १४ जना निको भएर घर फर्किएका छन् । 

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ६८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ११ लाख ८८ हजार बढी संक्रमित भेटिएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा २७ हजार ३ सय ८४ जना संक्रमित देखिएसँगै हालसम्म ११ लाख ८८ हजार १ सय २२ संक्रमित पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ६८ हजार ५ सय ९८ जनाको मृत्यु भएको जनाइएको छ । अहिलेसम्म विश्वभर ३५ लाख ६३ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने २ लाख ४८ हजार १ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech