‘एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका प्रमाणपत्र दिर्औं’

  |   प्रकाशित :

काठमाडौं । एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन माग गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन माग गरेको हो । 

प्याब्सले मंगलबार विज्ञप्ति निकालेर कोरोनाको महामारीका कारण परीक्षा लिन असम्भव देखिएकाले आन्तरिक मूल्यांकन गरेर विद्यालयले परीमा पठाएको ग्रेड शीटका आधारमा प्रमाणपत्र दिन माग गरेको छ । 

यसका लागि कानुनी अड्चन फुकाइदिन पनि प्याब्सनले शिक्षा मन्त्रालयसमक्ष आग्रह गरेको छ । कोरोना भाइरसको कारण चैतमा हुनुपर्ने माध्यामिक शिक्षा परीक्षा एसईई रोकिएको छ भने सम्पूर्ण शैक्षिक गतिविधि बन्द छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech