नेपालको अर्थतन्त्रमा चुनौती थपियोः गभर्नर अधिकारी

  |   प्रकाशित :

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्रमा पनि निकै चुनौतीपूर्ण रहने बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सहभागी भएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले आगामी वर्ष अर्थतन्त्रमा चुनौती थपिएको बताए । उनले विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने बताए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech