‘नागरिकलाई बचाउन देशमा अर्थतन्त्र बचाउने बजेट ल्याऔँ’

  |   प्रकाशित :

काठमाडौँ । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि छिटै उठ्ने बताएका छन् ।

खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भनेका हुन् । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७र७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उनले यस्तो धारणा राखेका हुन् । 

छलफलमा भाग लिँदै सांसद परशुराम मेघी गुरुङले कोरोनाका कारण आर्थिक वृद्धि घट्ने र गरिबी बढ्ने परिस्थिति भएको हुँदा यसबाट नागरिकलाई बचाउन, गरिब र विपन्नलाई भोकमरीबाट बचाउन, बन्दाबन्दीको असरबाट अर्थतन्त्रलाई बचाउने खालको बजेटमा जोड दिएका छन् । 

सांसद गुरुङले विदेशबाट रोजगारी गुमाएर फर्कने र स्वदेशमा भएका युवाका लागि पनि रोजगारी सिर्जना गर्न, नियमित आपूर्ति गर्न, महँगी रोक्न, स्रोत व्यवस्थापन गर्न र नयाँ कुराको खोजी गर्न बजेट केन्द्रित हुनुपर्ने सुझाव पनि दिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech