‘कानुनतः एसईई परीक्षा गराउनैपर्छ, परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

  |   प्रकाशित :

 काठमाडौं । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको बेला एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । 

कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।

शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले बताए । उनका अनुसार कानुनतः परीक्षा गराउनैपर्छ ।

उनले भने, ‘हामी कानुन पालना गर्ने निकाय हो । विद्यमान शिक्षा ऐनअनुसार लिखित रूपमा लिइने परीक्षालाई मात्र कानुनी मान्यता दिइन्छ ।’ राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले अनिवार्य विषयको परीक्षा मात्रै गर्नू भनेर स्वीकृत दिएमा त्यसो पनि गर्न सकिन्छ,’ पौडेलले भने, ‘अन्य विषयको परीक्षाको हकमा विद्यालयले निर्णय गर्न सक्छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech