लकडाउन समयावधि बढेसंँगै एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै

  |   प्रकाशित :

प्युठान । स्थानिय तहले प्रवेशिका परीक्षा दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । 

लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले एसइई दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेको हो । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब तीन सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए ।

त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ । पालिकाका माध्यमिक विद्यालयबाट २–२ जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech