चीनले दुनियाँलाई झुक्याउन बोलेको ठुलो झुठको यसरी भयो पर्दाफास, सैन्य संस्थाको डाटा रेकर्ड बाहिरियो !

  |   प्रकाशित :

काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमीतको सँख्या सम्बन्धी नयाँ खुलासा भएको छ । 

सैन्य संस्थाबाट बाहिरिर भएको नयाँ खुलासाका अनुसार चीनमा कोरोना संक्रमितको संख्या ८४ हजार नभएर ६.४ लाख रहेको पाईएको छ । चीनले शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आईरहेको कुरा अमेरिकासहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका छन् ।

चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र कोरोनाको संक्रमण भएको बताएको छ । तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट बाहिरिएको डाटाका अनुसार चीनमा जम्मा कोरोना संक्रमितको संख्या ६.४ लाख हुन सक्छ ।

 डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ । यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो । यस डाटामा केहि लोकेशन पनि सामेल छन् ।

अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech