अमेरिकामा हमला गर्ने ‘प्लान’ बनाएका पाकिस्तानी डाक्टर पक्राउ 

  |   प्रकाशित :

वाशिंगटन। अमेरिकामा कार्यरत पाकिस्तानी डाक्टर आतंकवादमा संलग्न भएको पाएको छ । 

अमेरिकी अदालतले पाकिस्तानी डाक्टरलाई आतंकवादमा संलग्न भएको आरोप लगाएको हो । अमेरिकी अदालतले दोषी ठहराएको पाकिस्तानी डाक्टर मुहम्मद मसूद आतंकवादी संगठन आईएसआईएससँग सम्पर्कमा रहेको पाइएको जनाइएको छ । 

उनी अमेरिकामा आक्रमण गर्न चाहेको जनाएको छ । मसूदलाई मार्च १९ मा मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय एयरपोर्टबाट पक्राउ गरिएको थियो। उनी एच -१ बी भिसामा अमेरिका गएर रोचेस्टरको मेडिकल क्लिनिकमा रिसर्च को-ओर्डिनेटरको पोष्टमा काम गर्दै आएका थिए ।

अदालतमा प्रस्तुत दस्तावेजका अनुसार मसुदले जनवरी र मार्च बीच आईएसआईएस आतंककारीहरूसँग धेरै पटक कुरा गरेका थिए । आतंककारीहरूसँगको  कुराकानीमा सिरिया जाने र आतंकवादी संगठनको लागि युद्ध गर्ने इच्छा व्यक्त गरेका थिए । उनले आफैंले अमेरिकामा हमला गर्ने समेत कुरा गरेका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech