चीनलाई जर्मनी कम्पनीले दियो झटका, भारतसँग गर्यो यस्तो ठुलो समझौता

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस (कोविड १९) संकटका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी कम्पनीहरूलाई आकर्षित गर्ने रणनीति बनाएका छन् । 

भारतीय अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उदेश्यसहित भारतीय प्रधानमन्त्री मोदीले विदेशी कम्पनीहरूलाई आकर्षित गर्ने रणनीति बनाएका हुन् । मोदीले कम्पनीहरूलाई आकर्षक अफर दिएसँगै जर्मन फुटवियर ब्रान्ड भोन वेलक्सले चीनबाट भारतमा आफ्नो निर्माणको आधार परिवर्तन गर्ने निर्णय गरेको छ।

आधिकारिक रिपोर्टका अनुसार कासा एभर्ज जीएमबीआईको स्वामित्वमा रहेको, उत्तर प्रदेशको आगरा शहरमा रहेको कम्पनी आईट्रिक इंडस्ट्रीज प्राइवेट लिमिटेडको सहकार्यमा रिपोर्ट गरिएको छ।

सूक्ष्म, साना र मझौला उद्योग मन्त्रालय उदय बहान सिंहले पनि यस कदमलाई स्वागत गरे। ‘कासा एभर्ज जीएमबीएचले धेरै मानिसलाई रोजगारी दिदै आएको लगानी चीनबाट र विशेष गरी उत्तर प्रदेशको लागि भारत आउँदैछ भन्ने देखेर हामी अत्यन्त खुसी छौं।’

गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङले लगाएको प्रतिबन्ध र देशका कोविड १९ महामारीको भ्रष्टाचारको कारण विश्वका नेताहरूसँगको तनावका कारण चीनबाट बाहिर निस्कने कम्पनीहरूको प्रत्यक्ष लगानी आकर्षित गर्ने रणनीतिबारे छलफल गरेको थियो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech