भारतमा कोरोना संक्रमितको संख्या एक लाख कट्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको सँख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या एक लाख तीन सय २८ पुगेको छ।

कोरोना भाइरसका कारण  मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार एक सय ५६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, कोरोनाबाट संक्रमित भएका ३९ हजार दुई सय ३३ जना भने उपचारपछि निको भएका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech