कोरोनाः स्पेनमा संक्रमितको संख्या २ लाख ७८ हजार कट्यो

  |   प्रकाशित :

काठमाडौं । स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार १८८ पुगेको हो । एकै दिन ५९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७०९ पुगेको छ । 

१ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५३ हजार ५२१ जनाको उपचार भइरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech