ताइवानले चीनलाई दियो ठुलो झट्का, चीनको नियम र कानुन नमान्ने भन्दै राष्ट्रपति वेनले दिइन् चुनौती

  |   प्रकाशित :

काठमाडौं । ताइवानकी राष्ट्रपति साई इंग–वेनले लोकतान्त्रिक ताइवान चीनको नियम र कानुन कहिल्यै नस्वीकाने बताएकी छन् । 

ताइवानकी राष्ट्रपति वेनले चीनको एक देश दुई प्रणाली आफ्नो देशमा मान्य नुहने बताएकी हुन्। वेनले बुधबार भनेकी छन्,‘लोकतान्त्रिक ताइवान चीनको नियम र कानुन कहिल्यै स्वीकार्दैन र चीनले यस वास्तविकतालाई बुझेर शान्तिले बाँच्न सिक्नुपर्छ।’

वेन गत जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। ताइवानलाई अलग्याउने चीनको अभियानविरुद्ध राष्ट्रपति उनी कडा रुपमा प्रस्तुन हुने गरेकी छन्। स्वतन्त्र मुलुक भएकाले ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ नमान्ने साई इंग–वेनले बताउँदै गर्दा उनको अडानमा चीन निकै निराश छ।

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech