भारतमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १२ हजार पुग्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख १२ हजार ४ सय ४२ पुगेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३,४३८ पुगेको छ । पछिल्लो तथ्याँक अनुसार भारतमा ४५ हजार ४ सय २२ जना उपचार पछि घर फर्किसकेका छन् । भने ६३ हजार ५ सय २२ जना उपचारार्थ रहेका छन् । 

कोरोना भाइरस महामारीबाट विश्वभर ३ लाख २९ हजार ७३५ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ९० हजार १०७ जना संक्रमित भएका हुन् ।

२० लाख २४ हजार २८६ जना संक्रमण मुक्त भएका छन् । हाल २७ लाख ३६ हजार ०८६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९७ जनाको अवस्था गम्भीर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech