‘ओली नेतृत्वको वतर्मान सरकारले लिम्पियाधुरा र लिपुलेक मुद्दाको अन्त्य गर्न सक्दैन’

  |   प्रकाशित :

काठमाडौं । नेपालीको भावनासँग खेल्दै कम्युनिष्टहरूले राष्ट्रलाई प्रतिकूल प्रभाव पारेको छ । 

कम्युनिष्टहरूले अनावश्यक परिस्थिति सिर्जना गरेर राष्ट्रलाई प्रतिकूल प्रभाव पारेको स्रोतले जनाएको छ । विगतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले कूटनीतिक निर्णय गरेका छन् । जुन नेपाली जनताको बिरूद्ध भइरहेको छ। 

ओली सरकारले दुर्भाग्यवस विगतमा धेरै आलोचनात्मक कूटनीतिक निर्णय लिएको छ। भारत भित्र रहेको नेपाली भुभाग देखाउने नेपालको नयाँ नक्शा जारी गर्नु पनि आलोचनात्मक कूटनीतिक निर्णय नै भएको जनाइएको छ । 

नेपालको नयाँ नक्शा जारी गरेसँगै लिम्पियाधुरा र लिपुलेक मुद्दाको अन्त्य भएको उच्च क्षोतले जनाएको छ । भारतको अडानले नेपालले यो मुद्दा सुल्झाउने मौका गुमाएको संकेत गरेको जनाइएको छ । 

कच्चा राष्ट्रवादले कसरी वास्तविक रणनीतिक कूटनीतिलाई प्राथमिकता दिन्छ भन्ने कुरा स्पष्ट भएको छ । कालापानी मुद्दामा सफलता हासिल गर्न नेपालले लामो यात्रा गर्नुपरेको र हुनसक्छ यो सरकारको अस्तित्वको क्रममा लिम्पियाधुरा र लिपुलेक मुद्दाको अन्त्य नहुने स्रोतले दावी गरेको छ ।

हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध समेटेको छ ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम–उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नयाँ नक्सालाई संवैधानिक र कानुनी वैधता दिन सरकारले नेपालको संविधान, २०७२ को भाग ३ मा निशानी परिवर्तनका लागि छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech