नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सालाई स्वीकार गरिनेछैनः भारत

  |   प्रकाशित :

काठमाडौं । नेपाल सरकारले औपचारिक रुपमा जारी गरेको नयाँ राजनीतिक नक्साप्रति भारतले असहमति जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा नस्वीकार्ने जनाएको हो ।

नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भारतको प्रतिक्रिया छ । नेपालले बुधबार सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटेर जारी गरेको नक्साबारे भारतको विदेश मन्त्रालयले बुधवार साँझै आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरेका छन् । ‘नेपाल सरकारले नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्,’ प्रवक्ता श्रीवास्तवले भने, ‘यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech