हवाई कारबाहीमा परी ६ तालिबानी लडाकू मारिए

  |   प्रकाशित :

काठमाडौं । हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन् ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका हुन् । यस कारबाहीमा परी अन्य १० तालिबान लडाकू घाइते भएका गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बुधबार राति कुन्दुज प्रान्तको इमाम साहिब र दश्त ए आर्चीमा जिल्लामा भएको सो कारबाहीमा ६ लडाकू मारिनुको साथै अन्य १० घाइते भएका गृह मन्त्रायलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech