ओलीको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थपियोः कांग्रेस

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थपेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना भाइरसबारे दिएको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गरेको नेपाली कांग्रेसको ठहर छ । 

कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह समेत गरेको छ । कांग्रेस उप९सभापति बिमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रवादका नाममा उत्तेजना फैलाउने काम नगर्न आग्रह गरेको हो । 

प्रतिष्ठानद्वारा बिहीबार जारी विज्ञप्तिमा ‘सरकारको नीति तथा कार्यक्रमममाथि उठेका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतिकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ,’ भनिएको छ ।

प्रतिष्ठानको दुई दिन बसेको बैठकबारे सार्वजनिक निर्णयमा सरकारलाई सीमा समस्या समाधानका लागि उच्चस्तरीय कुटनीतिक पहल गर्न भनिएको छ । लिपुलेक मार्गसँगै भारतसँग सीमा जोडिएका र उत्तर चीनतर्फ रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने प्रतिष्ठानको निष्कर्ष छ । 

बैठकका निर्णय सार्वजनिक गर्दै कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सीमा विवादबारे सरकारले विज्ञहरूसँग आवश्यक परामर्श र सम्वाद गरी समाधानका लागि उपयुक्त दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए । त्यस्तै प्रतिष्ठानले कोरोना भाइरस संक्रमण परीक्षणका लागि पीसीआर विधिमा जोड दिन सरकारसँग माग गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech