चीन सरकारले भाषा फेरेर नेपाललाई धोका दियोः नेता खड्का

  |   प्रकाशित :

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले चीन सरकारले पनि धोका दिएको बताएका छन् । 

नेता डा. खड्काले चीनसँग राम्रो सम्बन्ध भएको बताइरहने सरकारले सीमा विवादका विषयमा चीनसँग पनि वार्ता गर्नुपर्ने बताएका हुन् । सधै लिपुलेक र कालापानी नेपालको हो भन्दै आएको चीनले पछिल्लो समयमा भाषा फेरेर नेपाललाई धोका दिएको खड्काको भनार्इ छ ।

खड्काले २०१५ मा भारतसँग सहमति गर्नु पूर्वसम्म यो क्षेत्र नेपालको हो भनेर भन्दै आएको चीनले अहिले फरक भाषको प्रयोग गरेकाले यो विषयमा चीनलाई नेपालले कडा रुपमा जवाफ दिनुपर्ने र उसको भूमिका के हो सोध्नुपर्ने बताए ।

खड्काले ‘२०१५ मा भारत र चीनबीच भएको ४१ बुँदे सहमति गलत हो । चीनले पनि गलत गरेको छ । अहिले सरकारसँग चीनको घनिष्ट सम्बन्ध छ । तर, चीनले पनि दोहोरो भूमिका खेल्यो ।’ भनेका छन् । 

उनले नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र अरु दलका नेताहरु राखेर अन्र्तराष्टिय मिडियाहरुको अगाडी सार्वजनिक नगर्नु र सुटुक्क गर्नुले भारतलाई नेपालमा दलहरु एक छैनन् भन्ने सन्देश गएको भन्दै अहिले यो विषयलाई नेकपाको मात्रै विषय जस्तो देखाइएको पनि बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech