लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका ‘विप्लप’का कार्यकर्ता माथि स्थानीयले कुटपिट गर्न थालेपछि...

  |   प्रकाशित :

दार्चुला । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई व्यास गाउँपालिका–२ दुम्लिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । 

उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टले बताए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech