कोरोना अपडेटः कपिलवस्तुका दुई पत्रकारमा पनि संक्रमण

  |   प्रकाशित :

कपिलवस्तु । आज कोरोना भाइरस संक्रमण देखिएको मध्ये दुई जना पत्रकार रहेको खुलेको छ । 

दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन्।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका छन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech