नेपाली भूमि फिर्ता ल्याउन यथेष्ट प्रमाण छः मन्त्री खतिवडा

  |   प्रकाशित :

काठमाडौं। मन्त्रिपरिषद बैठकले कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भारतसँगको सीमा विवादको विषय अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्न आवश्यक नरहेको निश्कर्ष निकालेको हो । 

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं अर्थ मन्त्री तथा सूचना एवम सञ्चार मन्त्री डा. युवराज खतिवडाले आफ्नो जमिन कुटनीतिक वार्ताको माध्यमबाट नै  फिर्ता लिने जानकारी गराएका हुन् । उनले भने, नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन हामीसँग् यथेष्ट प्रमाण छ ।

सरकारले भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech