‘नेपाल-भारत बीचको सम्बन्ध आजभोलिको मात्र होइन, आदिमकॉल देखिको असल सम्बन्ध हो’

  |   प्रकाशित :

नेपाल– भारत बीचको सम्बन्ध आजभोलिको मात्र होइन, आदिमकॉल देखिको असल सम्बन्ध हो । भगवान ऋषि, मुनिको समय देखिको सुमधुर सम्बन्ध हो । भगवान गौतम बुद्ध, राम, सीता, महाभारतको कथा आदिमा पनि नेपाल भारतको सम्बन्ध र भुमिकाको वर्णन गरिएको छ । नेपाल भारतका सबै जात धर्म सम्प्रदायका महान ग्रन्थमा पनि हाम्रो सम्बन्धलाई उजागर गरिएको छ । हिन्दूहरुको महान ग्रन्थ गीता, भागवतमा पनि यस महान सम्बन्धको व्याख्या गरिएको छ । आदिमकालमा जसरी नेपाल र भारत बीचको असल सम्बन्ध थियो त्यो सम्बन्ध मध्यकालमा पनि रहयो र वर्तमानमा पनि हुनुपर्छ ।

नेपालमा रहेका जुनसुकै राजनीतिक दल र ती दलको नेतृत्वमा रहेका नेताको दलगत स्वार्थको कारणले नै नेपाल –भारत सम्बन्धमा उतारचडाव आउने गरेको हो र हुदैआएको पनि छ । नेपालका दल वा पार्टीका नेताले राष्ट्र स्वार्थ, फाइदा वा सहमति भन्दा दलिय स्वार्थ वा दलिय फाइदालाई प्रश्रय र महत्व दिदानै नेपालमा विचलन र अस्थिरता आएको हो । नेपालमा जुनसुकै समयमा जुन जुन पार्टीको सरकार आएपनि प्रष्ट राष्ट्रिय परराष्ट्र नीति बनाइएको छैन् । राजनैतिक पार्टीको सरकार अनुकूल वा दल अनुकुलको परराष्ट्र नीति अबलम्बन गर्नुनैं नेपालको अन्तराष्ट्रिय सम्बन्धमा बिबाद आउनु हो ।

हालै नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल –भारतका आम सञ्चार समूहहरुले यसको पक्ष र विपक्षमा आ–आफना मत राखेर यसलाई बहसमा ल्याएका छन् । दुवै राष्ट्रका सञ्चारजगतले यतिखेर आफनो पक्षमा सञ्चार वकालत गरिआएका छन् ।

यसमा नेपाल सरकारको आफनो धारणा छ,गुमेको भूमि सहितको नयाँ नक्सा निकालेर सार्वजनिक गरिएको हो । नेपालको पश्चिम सिमाना काली नदीलाई आधार मानेर आफूले आफनो राष्ट्रको गुमेको भूमिलाई समावेश गरेर नै नयाँ नक्सा निकालेको दाबी छ तर भारत यस तर्क र भनाइमा सहमत छैन ।भारत भन्छ ,नेपालले अरु कसैको इसारामा वा दबाबमा आएर एक्कासी यो नयाँ नक्सा निकालेर विवाद सृजना गरेको छ । र जुन निर्णय नेपालको लागि ठूलो घात हुनेछ र यसले नेपाल भारतको सयौं वर्ष पुरानो मित्रत्वलाई असर पुर्याउने छ र उक्त असर दूरगामी हुनेछ ।

दक्षिण पूर्व एशिया लगायत नेपाल भारतका सारा मिडियामा हाल नेपाल भारत सम्बन्धका बारेमा चर्चा भईरहेको र यस विषयलाई दुई देशले छलफलबाट निर्णय निकाल्नु पर्नेमा , नेपाल एक्लैले निर्णय गर्दा बिबाद आएको बताउँछ भारत । नेपालको कालापानी,लिम्पुवधुरा,र लिपुलेकको विषयलाई लिएर चीन को परराष्ट्र मन्त्रालयले पनि उक्त भूभाग नेपाल,भारत र चीनको त्रिकोणात्मक बिन्दु भएकाले यसलाई तीन देशको छलफल,सहमति र सहकार्यबाट मात्र निर्णय लिनु पर्ने धारणा सार्वजनिक गरेको छ ।

अहिले नेपालको नयाँ नक्सा र कालापानी,लिम्पुवाधुरा र लिपुलेकले दक्षिण एशियामा बहस,छलफल र चर्चा पाएको छ। यो बहस र मुद्धाले लामो समय लिने छ र विश्वको ध्यान नेपाल केन्द्रीत बनाउने छ ।यो बिबाद विश्वको शक्तिशाली राष्ट्रको बीचमा सृजना भएकाले विश्व शक्ति राष्ट्र भारतको अर्थपूर्ण सहभागिता र उपस्थितिले यो समस्याको निकास निकाल्नु पर्ने हुन्छ जुन नेपालको लागि मान्य र उपलब्धिमुलक हुनु पर्ने हुन्छ ।

के नेपालको कालापानी, लिम्पियाधुरा ?
लिपुलेकमा भारतले सडक निर्माण जबर्जस्ती गरेको हो ? उक्त सडक निर्माण गर्न भारतलाई लामो समय लागेको थियो । सो अवधिमा नेपाल सरकारले किन आपत्ति जनाएन ? नेपाल सरकारको जिम्मेवार निकायलाई सडक निर्माणको अग्रिम जानकारी थियो वा थिएन ? यदि नेपाल सरकारलाई जानकारी थियो भने उक्त निर्माण कार्य किन तुरुन्त रोकिएन ? कि नेपाल सरकारका सरकार प्रमुखले अग्रिम सहमति गरेका थिए यसमा अनुसन्धान र , छानबिन पनि गर्न अति आवश्यक छ ? नेपाल सरकारका सरकार प्रमुखहरुले आफु सत्तामा रहेका बेलामा हतारहतारमा भारतको भ्रमण गर्ने गरेका छन् । भारतमा गएर आफ्नो सत्ता टिकाउन भारत सरकारसंग विभिन्न गोप्य सहमतिहरु पनि गरेका हुन सक्छन् , जुन सहमतिहरु जनताको माझमा नआएको साथै नेपाली जनताले सुसूचित नराएको पनि हुन सक्छन् , त्यसको गहिरो अध्ययन अनुसन्धान गर्नु पनि अति जरुरी छ ।

ती भ्रमणहरुमा भए गरेका सहमति,सम्झौता, सर्त वा कबुलियतहरुको गहिरो अध्ययन अनुसन्धान नै नगरी एकाग्रह रूपले नेपाल भारत बीचको सदियौं पुरानो सम्बन्धलाई हेक्का नै नराखी मित्र राष्ट्रको विरुद्ध परोक्ष रूपमा आवाज उठाउनु सान्दर्भिक हुँदैन् कीरु के भारत सरकारले उक्त सडक एक रातमा निर्माण गरेको हो ?

उक्त सडक निर्माण गर्नु भन्दा अगाडि नेपाल सरकारलाई थाहा थिएन ? भारत सरकारले सडक निर्माण गर्न खोजदा नेपाल सरकारले उक्त निर्माण कार्य तुरुन्त रोक्नु पर्ने थियो र यसलाई अन्तराष्ट्रियकरण गर्नु पर्ने थियो। किन रोकिएन ,किन अन्तराष्ट्रियकरण गरिएन र नेपालमा को प्रधानमन्त्री भएको समयमा उक्त सडक निर्माण सुरु भयोरु छानबिन गर्नुपर्छ । भारत सरकारले आफ्नो खुसी, बलजफ्ती, जबर्जस्ती उक्त सडक निर्माण गरेको होइन होला र यस कार्यमा नेपालका जिम्मेवार ब्यक्तीहरुले सहमति गरेका वा दिएका त छैनन् ? हाम्रा देशका प्रधानमन्त्रीहरुले आफु प्रधानमन्त्री भएपछि आफ्नो सरकारलाई मजबूत बनाउन र आफ्नो शक्तिलाई निरन्तरता दिन हतारहतारमा मित्र राष्ट्र भारतको भ्रमण गर्ने र ती भ्रमणमा धेरै साना मसिना , लिखित वा मौखिक गोप्य सहमति र सम्झौताहरु गर्ने र उक्त सहमतिहरुलाई नेपालमा सार्वजनिक नगर्ने र सार्वजनिक गरेका विषयहरु प्रति बाङ्गो टिंगो वा तलमाथि पारी सार्वजनिक गर्ने जस्ता आदि कारणले गर्दा नै यो समस्या सृजित भएको हो ।

नेपाल – भारत बीच सीमा सम्बन्धी विवाद पटक पटक आईरहनुको पछाडि के कारणहरु छन्,त्यसको गहिरो अध्ययन अनुसन्धान गर्नुपर्छ र दीर्घकालीन समाधानको उपाय निकाल्नु जरुरी छ । २०४५ साल पछि नेपालमा आएको राजनैतिक परिवर्तन ,प्रजातन्त्र र दलिय स्वतन्त्रताले विभिन्न दल,पार्टी र मोर्चा लाई देशको शासनको बागडोर सम्हाल्न निर्णायक स्थानमा पुरयाँयो तर सरकारको नेतृत्व गरेको पार्टी वा व्यक्तिको क्षमताको कमीका कारणले नेपालले मित्र राष्ट्र भारतसंग पटक पटक विभिन्न प्रकारका अल्झनहरुको सामना गर्नमा राष्ट्रको ठूलो समय खर्च गर्नु परेको छ ,जो जगजाहेर छ ।

ती भ्रमणहरुमा भए गरेका सहमति,सम्झौता, सर्त वा कबुलियतहरुको गहिरो अध्ययन अनुसन्धान नै नगरी एकाग्रह रूपले नेपाल भारत बीचको सदियौं पुरानो सम्बन्धलाई हेक्का नै नराखी मित्र राष्ट्रको विरुद्ध परोक्ष रूपमा आवाज उठाउनु सान्दर्भिक हुँदैन् की ? के भारत सरकारले उक्त सडक एक रातमा निर्माण गरेको हो ?

उक्त सडक निर्माण गर्नु भन्दा अगाडि नेपाल सरकारलाई थाहा थिएन ? भारत सरकारले सडक निर्माण गर्न खोजदा नेपाल सरकारले उक्त निर्माण कार्य तुरुन्त रोक्नु पर्ने थियो र यसलाई अन्तराष्ट्रियकरण गर्नु पर्ने थियो। किन रोकिएन ,किन अन्तराष्ट्रियकरण गरिएन र नेपालमा को प्रधानमन्त्री भएको समयमा उक्त सडक निर्माण सुरु भयो? छानबिन गर्नुपर्छ । भारत सरकारले आफ्नो खुसी, बलजफ्ती, जबर्जस्ती उक्त सडक निर्माण गरेको होइन होला र यस कार्यमा नेपालका जिम्मेवार ब्यक्तीहरुले सहमति गरेका वा दिएका त छैनन् ? हाम्रा देशका प्रधानमन्त्रीहरुले आफु प्रधानमन्त्री भएपछि आफ्नो सरकारलाई मजबूत बनाउन र आफ्नो शक्तिलाई निरन्तरता दिन हतारहतारमा मित्र राष्ट्र भारतको भ्रमण गर्ने र ती भ्रमणमा धेरै साना मसिना , लिखित वा मौखिक गोप्य सहमति र सम्झौताहरु गर्ने र उक्त सहमतिहरुलाई नेपालमा सार्वजनिक नगर्ने र सार्वजनिक गरेका विषयहरु प्रति बाङ्गो टिंगो वा तलमाथि पारी सार्वजनिक गर्ने जस्ता आदि कारणले गर्दा नै यो समस्या सृजित भएको हो ।

यी दुई देश बीच यस्ता अल्झन,समस्या,विवाद र मतभेद आईरहनुमा नेपालका राजनैतिक दल र ती दलमा रहेका आन्तरिक मतभेदले महत्वपूर्ण भूमिका खेलेको छ । हाल विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सारा मानवलाई नै अक्रान्त पारेको यस विषम घडीमा आफना जनताको स्वस्थ्यको व्यवस्थापन गर्नुलाई मुख्य कार्य र रणनीति बनाउनु पर्नेमा सीमा समस्यालाई प्राथमिकता दिनुले कोरोनाबाट आजित ,पीडित र आक्रान्त जनताको स्वास्थ्य सुबिधाको पँहुचमा कमी आउने ता होइन ? नेपालले आफ्नो गुमेको भूभाग सहितको नक्सा निकाल्न अतिआवश्यक थियो तर त्यो काम २,३ महिना पछि निकालेको भएपनि हुने थियो होला किनकी हाल देश कोरोना संक्रमणको महामारीमा छ । यस घडीमा त कोरोनाबाट जनतालाई कसरी बचाउने र राष्ट्र कसरी बच्ने भन्ने हुनु पर्ने थियो ।

नेपाल– भारत बीचको सम्बन्ध आजभोलिको मात्र होइन ,आदिमकॉल देखिको असल सम्बन्ध हो । भगवान ऋषि,मुनिको समय देखिको सुमधुर सम्बन्ध हो । भगवान गौतम बुद्ध ,राम ,सीता,महाभारतको कथा आदिमा पनि नेपाल भारतको सम्बन्ध र भुमिकाको वर्णन गरिएको छ ।नेपाल भारतका सबै जात धर्म सम्प्रदायका महान ग्रन्थमा पनि हाम्रो सम्बन्धलाई उजागर गरिएको छ ।हिन्दूहरुको महान ग्रन्थ गीता,भागवतमा पनि यस महान सम्बन्धको व्याख्या गरिएको छ ।आदिमकालमा जसरी नेपाल र भारत बीचको असल सम्बन्ध थियो त्यो सम्बन्ध मध्यकालमा पनि रहयो र वर्तमानमा पनि हुनुपर्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ सालपछि पनि नेपाल भारतको सम्बन्ध स्वच्छ,सरल र सहज नै रहयो,२००७ को राणा शासन व्यवस्थाको पतनको लागि भारतले खेलेको भूमिका र राणा,राजा र वीपी कोइराला (कांग्रेस) को बीचमा भएको दिल्ली संझौता र राजा त्रिभुवनको नेपाल आगमन यसका प्रष्ट उदाहरण हुन् । नेपालमा माओवादीको १२ बर्से शसस्त्र आन्दोलन र त्यस ले पारेको राष्ट्रिय विपतमा नेपालका नेता, दल र माओवादी समेतलाई भारतको दिल्लीमा राखी भारत ले निभाएको भुमिका र १२ बुँदे आचारसंहिता र सहमति जसलाई शान्ति ,सहमति वा सम्झौता भनिन्छ । यही सहमतिको आधारमा टेकी माओवादी संसदीय प्रक्रिया मा आई नेपालमामा स्थायी रूपमा दिगो शान्ति ल्याउन भारतले निभाएको भुमिकालाई किमार्थ नजर अन्दाज मात्र लगाउनु हुन्न की ? कोभिड १९ को विश्व महामारीको वर्तमान यस जटिल घडीमा भारतमा महामारीले जटिल रूप लिइ रहेको अवस्थामा पनि मित्र राष्ट्रले हामीलाई र हाम्रो राष्ट्रका जनताको स्वास्थ्य उपचारमा केही सहयोग पुगोस भनी ठूलो मात्रामा स्वास्थ्य उपकरण र अन्य सामग्री सहयोग गरेको छ ,जो अनुकरणीय छदैछ । भारतले नेपालको दिगो विकाश,शान्ति र सम्बृद्धिको लक्ष्य प्राप्तिका लागि पुरयाँउदै आएको सहयोग लाई सकरात्मक कोणबाट बुझनु र ग्रहण गर्नुको सट्टा उल्ट्टोई गरि त्यस सहयोगलाई भारतको स्वार्थ सँग जोडनु अन्याय हुन्छ कि ? समुन्नत राष्ट्र बन्नका लागि कुनै पनि राष्ट्रका महत्वपूर्ण दुई आधार मजबूत,तार्किक, शुद्ध र पारदर्शी बनाउनु जरुरी हुन्छः (क) राष्ट्रिय एकता,सहमति,सहकार्य र राष्ट्रिय अपनत्व र दलिय मोर्चा वा दलिय गठबन्धन वा एकता (ख)असंलग्नता,अन्तराष्ट्रिय शक्ति सन्तुलन, स्वच्छ कुटनैतिक सम्बन्ध, राष्ट्रिय सह अस्तित्वबाद, अटल परराष्ट्र नीति,स्वच्छ राष्ट्रबादको आधार । हाल नेपालका दुवै आधार भताभुङ्ग र लथालिङ्ग भएको अबस्था छ ।

नेपालमा रहेका जुनसुकै राजनीतिक दल र ती दलको नेतृत्वमा रहेका नेताको दलगत स्वार्थको कारणले नै नेपाल –भारत सम्बन्धमा उतारचडाव आउने गरेको हो र हुदैआएको पनि छ । नेपालका दल वा पार्टीका नेताले राष्ट्र स्वार्थ,फाइदा वा सहमति भन्दा दलिय स्वार्थ वा दलिय फाइदालाई प्रश्रय र महत्व दिदानै नेपालमा विचलन र अस्थिरता आएको हो । नेपालमा जुनसुकै समयमा जुन जुन पार्टीको सरकार आएपनि प्रष्ट राष्ट्रिय परराष्ट्र नीति बनाइएको छैन् । राजनैतिक पार्टीको सरकार अनुकूल वा दल अनुकुलको परराष्ट्र नीति अबलम्बन गर्नुनैं नेपालको अन्तराष्ट्रिय सम्बन्धमा बिबाद आउनु हो ।

आफ्नो राष्ट्रका सबै राजनैतिक पार्टीहरुको साझा प्रयास, एकता र राष्ट्रिय सहमतिबाट नै राष्ट्रिय निकास निकाल्न सकिन्छ ।यस विषम परिस्थितिमा छिमेकीले छिमेकीको सत्तोसराप गर्नुको सट्टा छिमेकी हरुलाई पनि साथमा लिएर विश्व महामारी विरुद्ध लडन साझा रणनीति बनाउनु अति उत्तम हुने छ । सँभार - हाम्राेदमकडटकम

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech