लकडाउन अवधिभरि शेयर बजार बन्द

  |   प्रकाशित :

काठमाडौँ । लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको छ । 

लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको हो । नेपाल धितोपत्र बोर्डले घरी घरी निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको जनाएको छ ।

पूँजी बजारको नियामक निकाय बोर्डले लकडाउन अवधि भर शेयर बजार बन्द गर्न भन्दै निर्देशन दिएको हो। सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभरि बन्द गर्ने जनाएको छ। सरकारले लकडाउन अवधि बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ।

विश्व शेयर बजार खुलै रहेको भए पनि लगानीकर्ताको माग बमोजिम धितोपत्र बोर्डले शेयर बजार बन्द गरेको हो। उसले पछिल्लो समय कारोबार खोल्दा लगानीकर्ताको उल्लेख्य उपस्थिति नभएपछि बन्दलाई निरन्तरता दिएको थियो। जबसम्म पुरै लकडाउन खुल्दैन तबसम्म बजार बन्द नै गर्नुपर्ने लगानीकर्ता माग छ। सोही बमोजिम सरकारले पूर्ण रूपमा लकडाउन नखोलेसम्म शेयर बजार बन्द गरिने भएको हो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech