विभिन्न दल निकटका भातृ संगठनहरुद्धारा माइतीघरमा प्रदर्शन, एमसीसी खारेज गर्नुपर्ने माग

  |   प्रकाशित :

काठमाडौं । विभिन्न दल निकटका भातृ संगठनले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन खारेज गर्न माग गर्दै विभिन्न दल निकटका भातृ संगठनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको थियो । सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech