कर असार ७ गते सम्ममा बुझाए हुने

  |   प्रकाशित :

काठमाडौँ । करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने भएको छ । 

आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको हो । यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेको थियो ।

जेठ २५ गतेसम्ममा बुझाउने पर्ने गरी सूचना जारी गरेसँगै करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो । विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech