नेपाल कोरोना अपडेटः थप २०१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ भएको हो । योसँगै देशमा संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। 

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४  जनाको नमुना परीक्षण गरिएको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech