कोरोना अपडेटः थप १ जना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटोले बताए अनुसार आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भई १५ गते टिचिङमा उपचारका लागि लगिएको थियो । 

उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको हो । योसहित देशमा कोरोना संक्रमणबाट कुल ९ जनाको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech