शान्तिपूर्ण प्रदर्शनमा दमन, अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा

  |   प्रकाशित :

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा दायर गर्ने भएका छन् ।

ह्वाइट हाउस अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा बल प्रयोग भएको भन्दै मानव अधिकारवादी समूहले ट्रम्पमाथि मुद्दा दायर गर्ने भएका हुन् । जर्ज फ्लोइडको हत्याको विरोध गर्दै ह्वाइट हाउस अगाडि हजारौँले प्रदर्शन गरेका थिए ।

द गार्जियनका अनुसार अधिकारवादी समूहले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसका अधिकारीहरुलाई संवैधानिक हकको हनन गरेको आरोप लगाएका छन् । जब कि, अमेरिकी संविधानले त्यस क्षेत्रमा शान्तिपूर्ण रुपमा धर्ना र प्रदर्शन गर्न छुट दिन्छ ।

तर शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि टियर ग्यास तथा रबरका गोली चलाइएको थियो । कोलम्बियास्थित ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’ ले मुद्दा दायर गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech