अमेरिकी राष्ट्रपति ट्रम्पको दावीः कोरोना भाइरसविरुद्ध २० लाख भ्याक्सिन तयार गरेका छाैँ

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । 

शुक्रबार राति ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि तयार भइसकेको दाबी गरेका हुन् । ‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ उनले भने ।

राष्ट्रपति ट्रम्पले भ्याक्सिन तयार भइसकेको दाबी गरे पनि यसको प्रयोग सुरक्षित छ छैन भन्नेबारेमा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको बताए । ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो भन्ने कुराचाहिँ खुलाएनन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech