अमेरिकामा कोरोना संक्रमितको सँख्या २० लाख कट्यो

  |   प्रकाशित :

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या २० लाख नाघेको छ । 

पछिल्लो तथ्यांक अनुसार २० लाख ७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १ लाख १२ हजार ४ सयको मृत्यु भएको छ ।

एकजना अश्वेत पुरुष मारिएपछि विरोधमा आन्दोलन चर्केको छ । त्यसले पनि कोरोना संक्रमण बढ्ने खतरा भएपछि त्रास बढेको छ ।

अमेरिका कोरोना महामारीसँग जुध्दै गर्दा अर्को घरेलु समस्यासँग जुध्न वाध्य भएको छ । त्यहाँ सेना परिचालनको तयारी भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech