चीनले अल्पसंख्यकमाथि धार्मिक दमन तीव्र पार्यो, यी धर्मका १० लाख भन्दा बढीलाई हिरासत लियाे

  |   प्रकाशित :

वाशिंगटन । चीनले अल्पसंख्यक समुदायमाथि धार्मिक दमन तीव्र पारेको एएनआईले जनाएको छ । 

एएनआईका अनुसनर संयुक्त राज्य अमेरिकी विदेश विभागले जारी गरेको धार्मिक स्वतन्त्रताको बारेमा वार्षिक रिपोर्टमा चीनले विशेष गरी उत्तर पश्चिमी शिनजियांग प्रान्तका ईगर्स, क्रिश्चियन, मुस्लिम, तिब्बती बौद्ध र फालुन गोंग लगायतका धर्मालम्बीहरु माथि धार्मिक दमन तीव्र परेको आरोप लगाएको छ। वार्षिक अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता (आईआरएफ) प्रतिवेदनमा विश्वव्यापी धार्मिक स्वतन्त्रताको अवस्थाको सर्वेक्षणले अमेरिकी कांग्रेसलाई बुझाएको छ ।  

उक्त प्रतिवेदनमा ‘राष्ट्रपति सि जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का सबै सदस्यहरू “निरक्षर मार्क्सवादी नास्तिक” हुनुपर्दछ भन्ने उर्दीको घोषणा गरे पनि सरकारले धर्ममाथि नियन्त्रण कायम राख्नुका साथै धार्मिक अनुयायीहरूको गतिविधि र व्यक्तिगत स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको थियो। धार्मिक समूहहरू, गैर सरकारी संगठनहरू र अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार खतरापूर्ण राज्य वा सीसीपी हितको रूपमा लिइन्छ।’ भनिएको छ ।

प्रतिवेदनमा ‘बेइजिङले केवल पाँच आधिकारिक धर्महरू (बुद्ध धर्म, ताओ धर्म, इस्लाम, प्रोटेस्टेन्टिज्म र क्याथोलिक) धर्मलाई मान्यता दिन्छ। र यी धर्महरूको प्रतिनिधित्व गर्ने राज्य स्वीकृत “देशभक्त धार्मिक संघटनाहरू” का ती धार्मिक समूहहरूलाई मात्र सरकारमा दर्ता हुने अनुमति छ र आधिकारिक रूपमा उपासना सेवा गर्ने अनुमति छ।’ थपिएको छ ।

उक्त रिपोर्टमा अप्रिल २०१७ देखि बेइजिले १० लाख भन्दा बढी उइगुर, जातीय कजाख, हुइ र अन्य मुस्लिम समूहका सदस्यहरूका साथै विघुर इसाईहरूलाई मनमानी ढंगले हिरासतमा लिएको छ र तिनीहरूलाई जबरजस्ती बेपत्ता पार्नु, राजनैतिक हिंसा, यातना, शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, जबरजस्ती नसबंदी र यौन दुर्व्यवहार, जबरजस्ती श्रम, र उनीहरूको धर्म र जातीयताको कारण परीक्षण बिना लामो समयसम्म हिरासतमा रारेको अमेरिकी सरकारले अनुमान गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech