कोरोना महामारीका बीच पाकिस्तानमा ‘सलह’को आक्रमण, खाद्यान्न ‘बास्केट’मा खतरा !

  |   प्रकाशित :

काडमाडौं । पछिल्लो समय पाकिस्तानमा मरुभूमि सलह अर्थात ‘स्किस्टोसेरा ग्रीगेरिया’ कीराको प्रकोप बढ्दै गएको छ । 

कोभिड-१९ को महामारीको बेला पाकिस्तानमा मरुभूमि सलहको महामारी बढेसँगै त्यहाँको स्थिति बिग्रँदै गएको छ । गत वर्षहरुमा सिन्ध र पञ्जाबमा आउने गरेको सलह योपटक खैबर पख्तूनख्वामा समेत आइपुगेको छ । 

अफगानिस्तानबाट पाकिस्तानको खैबर पख्तूनख्वा आइपुगेको सलहले त्यहाँको बिभिन्न क्षेत्रमा (विशेष गरी डेरा इस्माईल खान जिल्ला)मा बालीनाली नोक्सान गरेको छ । जसअनुरुप पाकिस्तानको खाद्यान्न बास्केटमा गम्भीर खतरा देखा परेको जनाइएको छ।

बिहीबार राष्ट्रिय सम्मेलनमा सलहको बिरूद्ध छलफल गर्दै राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धानमन्त्री सय्यद फखर इमामले पाकिस्तानमा प्रवेश गर्ने मरुभूमि सलहको आन्दोलनबारे सरकारलाई सतर्कता गराए । 

‘मरुभूमिको सलहको नयाँ दलहरू आगामी दुई हप्ताहरूमा इरानबाट बलूचिस्तान प्रवेश गर्नेछन्।’ उनले भने  ‘यो प्रान्त सबैभन्दा पहिले नै सबैभन्दा बढी प्रभावित भएको छ र यसका ३३ जिल्लामा आक्रमण गरेको छ।’ गत वर्ष पाकिस्तान सरकारले सलह कीराको आक्रमणका कारण पञ्जाब प्रान्तमा संकटकाल घोषणा गरेको थियो । 

सलह के हो ?

सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीरा झुण्डमा आक्रमण गर्छ। 

झुण्डमा रहने यी कीराहरुले सेरोटोनिन नामक हार्मोन आ-आफ्नो मस्तिष्कमा उत्पादन गर्छन जसले यिनीहरुलाई समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामुहिक काम गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमा मात्रै खाने गर्दछन् भने सलह व्यापक जातको बाली र अझै भनौँ बोटबिरुवा पनि खाने गर्दछ।

सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोडजति सलह हुन्छन्। यी झुण्ड प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्। ठाँउ र समयसँगै यी कीराहरू आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ।

सलहले गर्न सक्ने क्षतिः 

१. सलह कीरा हाम्रो सबै जसो खेतिबालीलाई आहारा बनाउने गर्छ, पात, फुल, वृद्धि भइरहेको भाग, फल, बिउ, डाँठ, बोक्रा र सिँगै रुख। साधारण भाषा मा भन्नु पर्दा सलहले केही पनि हरियो जीवित वस्तु बाँकी छोड्दैन।

२. एउटा सलहले एक दिनमा आफ्नो शरीरको तौल बराबरको खाद्ध पदार्थ खान्छ भने यसको झुण्डको सानो भाग (१ टन) सलहले एक दिनमा २५०० जना मनिसको खाने गर्छ।

३. सलह जहिले पनि समूह र अत्यधिक मात्रामा हुने भएकोले रोकथाम अत्यन्तै कठिन हुने गर्दछ।

४. मानिसमा खासै समस्या नल्याए पनि यसले दम तथा विभिन्न एलर्जी गराउदै आएको ऊल्लेख छ।

सलहको रोकथाम कसरी गर्ने ?

१. यसको रोकथाम त्यति प्रभावकारी नभए पनि कुनै हदसम्म हामीले यसको असर कम गर्न सक्छौँ।

२. सलह संक्रमित क्षेत्रमा आगो लागाउने

३. जालको पासो थाप्ने

४. सलह भगाउन आवाज उत्पादन गर्ने यन्त्रको प्रयोग गर्ने

५. हाँस जस्ता चराहरुले एक दिन मा २०० वटा जति सलह खान सक्ने भएकोले यसको उचित प्रयोग गर्न सकिन्छ।

६. मेटाराह्जियम एनसोपिलाई नामक जैविक विषादी जुन बजारमा सोमस्टार, बायोसाईड, सोमस्टार वा पेसर आदिले सलहलाई करिब ८०५ सम्म मारेको तथ्याँक रहेको छ।

७. त्यस्तै गरी मेटासिसटोक रासायनिक विषादीको प्रयोगले पनि सलहको रोकथाम गर्न सकिन्छ।

८. रोकथाम नै गर्न नसकिने सलह कीरालाई अफ्रिका लगयत कतिपय देशहरुमा सलहलाई खाद्धको रुपमा लिने गरिन्छ। हाम्रो परिपेक्षमा यो त्यति सान्दरभिक नहोला तर पनि केही गर्न नसकिने अवस्था यो एउटा राम्रो विकल्प हुनसक्छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech