एसईईको जस्तै ११ कक्षाको पनि परीक्षा नलिऔँः नेविसंघ

  |   प्रकाशित :

काठमाडौं । नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा नलिन सरकारसँग माग गरेको छ ।

नेविसंघले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै ११ को परीक्षा पनि एसईईको जस्तै नलिन माग गरेको छ । 

एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको नेविसंघले माग गरेको जनाएको छ । कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ ।

नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निःशुल्क व्यवस्थापन गर्न माग गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech