चालु खर्च धान्न सरकारलाई हम्मेहम्मे  !

  |   प्रकाशित :

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकारलाई खर्च धान्न मुस्किल भएको बताएका छन् । 

प्रतिनिधि सभामा आर्थिक विधेयकको विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले चालु खर्च धान्न सरकारलाई मुस्किल भएको बताएका हुन् । 

उनले अहिले उठिरहेको राजस्वले दैनिक खर्च धान्न सक्ने अवस्था नरहेको बताए । जेठमा मासिक ४० अर्ब रुपैयाँ खर्च रहेकोमा भन्सारबाट जम्मा १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रुपैयाँ मात्रै सङ्कलन भइरहेकोले अनिवार्य दायित्व पूरा गर्न थप प्रयास गर्ने अवस्था आएको अर्थ मन्त्री खतिवडाको भनाइ छ । 

उनले आन्तरिक व्यापार बढिरहेको र भन्सारको आयात–निर्यात पनि पुरानै अवस्थामा फर्कने क्रममा रहेकोले आर्थिक अवस्था पनि सुधार हुने आशा रहेको बताए । वैशाख र जेठमा सरकारको आम्दानीमा साह्रै कमी आए पनि असारमा केही सहज हुने उनको भनाइ छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech