बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली व्याइफेन्ड्र रोहनसँग घुम्न निस्किएको तस्विर भाइरल

  |   प्रकाशित :

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली युवक रोहन श्रेष्ठका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । 

बाघी ३ कि अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वक रोहन श्रेष्ठसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको छ । तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । अहिले उनीहरु सँगै देखिनुले सामाजिक संजालमा एकाएक भाइरल भएको छ ।

अहिले लकडाउन चलिरहेको छ । भारतमा पनि कोरोनाको असर सँगै लकडाउनलाई कायमै राखेको छ । यही बेलामा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टरमा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल भएको हो ।

यसै सन्दर्भमा श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् । उनले भने, “श्रद्धाको बिहे गर्ने उमेर भएको छैन । उनी अझै बालाखा नै छिन् । उनले जिबनमा धेरै गर्न र धेरै कुरा सिक्न बाँकी छ ।” 

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् । ३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए । रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech