चीनको अर्को ठुलो ‘झुठको भयो पर्दाफास’, पुरानै अबस्थामा फर्किंदै सरकार !

  |   प्रकाशित :

काठमाडौं । चीनमा कोरोना भाइरसको दोस्रो छालको संकेत देखिएको छ । 

कोरोनाको उद्गमस्थल चीन कोरोना नियन्त्रणमा सफल भएकाे जनाउँदै देशमा जारि लकडाउन हटाइएकाे थियाे । कोरोनाको उद्गमस्थल चीनमा फेरि संक्रमितको संख्या बढ्न लागेको छ । संक्रमितको संख्या बढ्न थालेसँगै चीन सरकार पुनः लकडाउन गर्ने तयारीमा लागेको छ । 

पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढेसँगै बेइजिङमा कडाइ गरिएको छ । बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ । ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशमा कडाइ गर्न थालिएको छ । 

चीनमा थप ४० जना नयाँ संक्रमित फेला परेको छ । चीनमा हालसम्म ८३ हजार २ सय २१ जना संक्रमित पुगेका छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ । 

संसारलाई नै आश्चर्यमा पार्ने संक्रमित र मृतकको तथ्यांक भने झुटो अर्थात् ‘फेक’ भएको भन्नेहरु पनि छन् । चीनमा कोरोना भाइरस ‘कोभिड १९’ सँग जोडिएका ईस्यु र मृतकको जानकारीको यकिन डाटा छिपाएको विषयलाई लिएर लगातार एक पछि अर्काे आरोप लाग्दै आएको चीनसँग अमेरिकी राष्टपतिले बेलाबेलामा आगो ओकल्छन् ।

कतिपय चिनियाँ साईटले विभिन्न रिपोर्टहरु सार्वजनिक गर्दै चीनले फेक तथ्यांकको सहारा लिएर विश्वमा आफूलाई शक्तिशाली देखाउने ढोंग रचेको सम्म भनेका छन् । केहि समय अगाडी चीनको विच्याटमा विभिन्न भिडियो क्लिप्सहरु बाहिरीएको थियो । त्यसले पनि मानिसहरुको आशंकामा निकै बल पुग्यो ।

सोसल मिडियामा चीनमा कोरोना भाइरसबाट २ करोड भन्दा धेरै जनाको मृत्यु भएको दाबीसहितको पोष्ट र त्यसमा संशय पैदा गर्ने एउटा तथ्यका कारण पनि यो शंका अझै फराकिलो भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech