उईघुर मानव अधिकार नीति ऐन द्रुत रूपमा लागू गर्न ट्रम्पलाई आग्रह

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ)ले उइघुर मानव अधिकार नीति ऐन द्रुत रूपमा लागू गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ । 

युएससीआईआरएफले विज्ञप्ति जारी गर्दै उइघुरहरूको उत्पीडनका लागि जिम्मेवार चिनियाँ सरकारी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन आग्रह गरेको हो । युएससीआईआरएफले विज्ञप्तिमा “युएससीआईआरएफले प्रशासनलाई ऐन लागू गर्न र युगुरहरूको उत्पीडनका लागि जिम्मेवार चिनियाँ सरकारी अधिकारीहरू विरूद्ध तत्काल र लक्षित प्रतिबन्ध जारी गर्न आग्रह गर्दछ।’ भनिएको छ ।

‘मानवअधिकार, आधुनिक दासत्व र सांस्कृतिक नरसंहारको बिरूद्ध चीनको अपराधको भर्त्सना गर्न प्रशासनले अब सार्थक कदम चाल्नु पर्छ।’ युएससीआईआरएफद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अमेरिकी सीनेट र प्रतिनिधि सभाले गत महिना यो विधेयक पारित गरेको छ । यस ऐनलाई बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा “चिनियाँ कम्युनिष्ट पार्टीले प्रयोग गरिरहेका यातना शिविरहरू, जबरजस्ती श्रम, उत्पीडन र दखल भइरहेको निगरानी प्रविधिको धार्मिक दमन, मानवता विरुद्धको अपराध, आधुनिक दासत्व र सांस्कृतिक नरसंहारका साधनहरू रहेका छन्। यो कदापि सहन हुँदैन र कहिले पनि सहन सकिने छैन” थपिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech