कोरोना कहरबीच ‘दुई मुटु एक धड्कन’ सर्ट फिल्म सार्वजनिक

  |   प्रकाशित :

नेपालगञ्ज । कोरोना भाइरस महामारीकाबीच ‘दुई मुटु एक धड्कन’ सर्ट फिल्म शुक्रवार सार्वजनिक भएको छ । 

कुन्दन चन्द, पुजा ओली, विमल चौधरी र मनिषा हमालद्धारा मुख्य अभिनित सर्ट फिल्म दुई मुटु एक धड्कन सार्वजनिक भएको हो । शुक्रवार एसके मिडियाको अफिसियल युट्युव च्यालनबाट सार्वजनिक भएको सर्ट फिल्मको पोष्ट प्रोड्युसन गोचाली मिडिया प्रा.लि. बर्दियाले गरेको छ । 

२२ मिनेट ५६ सेकेण्ड लामो उक्त सर्ट फिल्ममा केही धमाकेदार एक्सन सिन देखाइएको छ । सर्ट फिल्ममा कलाकारको रमाइलो केमिस्ट्री सहित एक गहिरो माया पिरतीका कुरा समेत देखाइएको छ ।

फिल्ममा केही रमाइला र हसाँउने संवाद पनि समाबेश गरिनुका साथ साथै द्धन्द्धसमेत राखिएको छ । दुई मुटु एक धड्कन सर्ट फिल्मको एक्सनमा कुन्दन चन्द, केशव चालिसे र कथा लेखनमा पनि केशव चालिसेको रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech