भारतले कोरोना भाइरसविरुद्धको औषधी पत्ता लगाएको दावी

  |   प्रकाशित :

एजेन्सी। भारतीय कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोना भाइरस विरुद्धको औषधी पत्ता लगाएको दावी गरेको छ। 

ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाका हल्का देखि मध्यम बिरामीको उपचारका लागि फैबिफ्लू ब्रान्ड अन्तर्गत एन्टिवाइरल औषधी पेश गरेको छ । कम्पनीले शुक्रबार औषधी उत्पादन र बजारका लागि भारतको कन्ट्रोलर जनरल डीजीसीआइबाट अनुमति प्राप्त गरीसकेको छ ।

कम्पनीका अनुसार कोरोनाको उपचारको लागि पहिले खानुपर्ने औषधी फेवीपिरावीर हो । उक्त औषधी बजारमा प्रति ट्याब्लेट एक सय तीन रुपैयाँको दरमा उपलब्ध हुनेछ। कोरोना औषधि र खोपका निर्माणका लागि शक्तिशाली देशहरु लागीपरेका छन्। सबै देशको खोप वा औषधि परिक्षण कै क्रममा रहेर्को छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech