‘हज यात्रा’का लागि अन्तर्राष्ट्रिय श्रद्धालुको प्रवेशमा लगाइयो रोक 

  |   प्रकाशित :

काठमाडौँ । सउदी अरब सरकारले विदेशी श्रद्धालुलाई हज यात्रामा प्रतिबन्ध लगाएको छ । 

सउदी अरब सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा राख्न इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्रा ‘हज’का लागि अन्तर्राष्ट्रिय श्रद्धालुको प्रवेशमा रोक लगाएको हो ।

मबार सरकारी अधिकारीलाई उद्धृत गर्दै सउदी अरबको सरकारी मिडियाले सो निर्णय सार्वजनिक गरेको हो । सउदी अरबमा रहेका सीमित श्रद्धालुलाई मात्रै हजका लागि मक्का पुग्न दिइनेछन् ।

हज पूर्णरुपमा नै रद्द हुनसक्ने आँकलनबीच सउदी सरकारले यसप्रकारको निर्णय गरेको हो । वार्षिक धार्मिक उत्सवमा सहभागी हुन करिब २० लाखभन्दा बढी श्रद्धालु पवित्र शहर मक्का र मदिना पुग्ने अनुमान गरिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech