एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना पूनः शिर्ष स्थानमा फर्कियो

  |   प्रकाशित :

काठमाडौं । स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना पूनः शिर्ष स्थानमा उक्लिएको छ । 

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई १–० को साँघुरो अन्तरले हरायो । बार्साको जितमा इभाँ राकिटिचले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना तालिकाको शिर्ष स्थानमा फर्किएको छ । एक खेल कम खेलेको रियल मड्रिड ६५ अंकको साथ दोस्रो स्थानमा छ । रियलले आज राति मयोर्कासँग खेल्नेछ । एजेन्सी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech