चीनमा बनेको बिजुलीको मिटर हटाउने मुख्यमन्त्री आदित्यनाथको निर्णय

  |   प्रकाशित :

भारत । उत्तर प्रदेश सरकारले चीनमा बनेको बिजुलीको मिटर हटाउने निर्णय गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारत र चीनबीच सीमा विवाद जारी रहेकै बेला उत्तर प्रदेशका घर-घरमा जडान गरिएको चिनियाँ मिटर हटाउन निर्देशन दिएका हुन् । 

मुख्यमन्त्रीको निर्देशनअनुसार अब उत्तर प्रदेशका घर-घरमा लगाइएको १५ हजारथान मिटर हटाइने भएको छ । मिटरबाहेक चीनमा बनेका अन्य उपकरणहरु पनि हटाइने भएको छ ।

यसैबीच, हरियाणा सरकारले पनि चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गरेको छ । हरियाणामा चिनियाँ कम्पनीका दुईवटा थर्मल पावर स्टेसनसँगको ठेक्का रद्द गरिएको छ ।

यसैबीच, भारतका केही सहरहरुमा चीनमा बनेका सामानहरु जलाइएका छन् । चीन र भारतबीचको तनावका बेला भारतीय नागरिकहरुले चिनियाँ सामानहरु जलाएका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech