चिनियाँविरुद्ध बहादुरी देखाएका भारतीय सेनालाई प्रशंसापत्र

  |   प्रकाशित :

भारत । चिनियाँविरुद्ध बहादुरी देखाएका पाँच भारतीय सेना प्रशंसापत्र प्राप्त गरेका छन् । 

गतहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीचको झडपमा चिनियाँ सेनाविरुद्ध बहादुरी प्रस्तुत गरेको भन्दै भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणेले आफ्ना पाँच सेनालाई प्रशंसापत्र प्रदान गरेका हुन्।

नरवाणे मंगलबार र बुधबार दुईदिने भ्रमणका लागि लद्दाख पुगेका थिए। बुधबार उनले चिनियाँ सेनासँगको झडपका क्रममा घाइते भएका आफ्ना सेनालाई भेटेका थिए। सोही क्रममा पाँच सेनालाई बहादुरीको प्रशंसापत्र प्रदान गरिएको द प्रिन्टले जनाएको छ। यी पाँच सेनाले गलवान उपत्यका र पाङगोङ क्षेत्रमा चिनियाँ सेनाविरुद्ध बहादुरी प्रस्तुत गरेको नरवाणेले बताएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech